परराष्ट्रमन्त्री राणा र क्यानडाका विदेशमन्त्रीबीच भेटवार्ता

 असोज ३, २०८१ बिहीबार १२:०:३६ | रासस
unn.prixa.net

काठमाण्डाै – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र क्यानडाका विदेशमन्त्री मेलानी जोलीबीच भेटवार्ता भएको छ । क्यानडाको ओटावामा हिजो भएको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाल–क्यानडा सम्बन्धका विभिन्न पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवम् साझेदारी लगायतका विषयमा कुराकानी भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

भेटका क्रममा परराष्ट्रमन्त्री राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानडाले पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्दै नेपालको संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरेको र यसबाट अब बाँकी रहेका शान्ति प्रक्रियाका कामहरू पनि पूर्ण हुने जानकारी दिनुभएको छ । उहाँले नेपालमा क्यानडाको राजदूतावास स्थापनाका लागि क्यानडा सरकारलाई आग्रह पनि गर्नुभएको छ ।

क्यानडाका विदेशमन्त्री जोलीको निमन्त्रणामा विश्वका महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री राणा क्यानडा जानुभएको हो । नेपाल र क्यानडाले आउँदाे वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औं वार्षिकोत्सव मनाउँदै छन् ।

क्यानडा भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री राणा र क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीबीच पनि भेटवार्ता भएको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया