दरबारमार्गको ‘कन्सर्ट’ मा प्रधानमन्त्री पनि जाँदै, पाँच हजार जना प्रहरी परिचालन

 असोज ३, २०८१ बिहीबार १६:९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संविधान दिवसका अवसरमा अहिले काठमाण्डौको दरबारमार्गमा साङ्गितिक कार्यक्रम ‘नेसनल डे कन्सर्ट’ भइरहेको छ । नागरिकस्तरबाट गरिएको कन्सर्टमा चर्चित कलाकारहरुले साङ्गितिक प्रस्तुती दिइरहेका छन् । कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने उहाँका प्रेस सल्लाहकार प्रकास सिलवालले उज्यालोलाई जानकारी दिनुभयो ।

कार्यक्रमको सुरक्षाको लागि पाँच हजार जना भन्दा धेरै सुरक्षाकर्मी परिचालन भएका छन् । नेपाल प्रहरी, सशस्त्र  प्रहरी तथा ट्राफिक प्रहरी गरी कम्तीमा पनि पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।

कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएकाले सुरक्षा व्यवस्था निकै कडा पारिएको उहाँले बताउनुभयो ।  हिजोदेखि दरबारमार्ग क्षेत्रमा गाडी चल्न रोक लगाएर मञ्च निर्माण भएको थियो । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया