१६ जना राजदूतको नाम पारित, शैक्षिक प्रमाणपत्र नभेटिएपछि एक जनाको पारित हुन सकेन

 असोज ३, २०८१ बिहीबार १८:५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संसदीय सुनुवाई समितिले सरकारले विभिन्न देशका लागि प्रस्ताव गरेका १६ जना राजदूतको नाम पारित गरेको छ । सरकारले विभिन्न देशको लागि १७ जनाको नाम प्रस्ताव गरेकोमा समितिले १६ जनाको नाम पारित गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै समिति सभापति ईश्वरीदेवी न्यौपानेले उजुरीकर्ताहरुको उजुरी, प्रस्तावित राजदूतको स्पष्टीकरण, कार्ययोजना र भनाइ सुनेर निर्णय लिइएको बताउनु भयो ।

उहाँले समितिमा छलफल गरी १६ जना राजदूत बहुमतले पारित गरेको र श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा केही कागजातहरु अपुरो लागेकाले सचिवालयलाई थप कागज मगाउन निर्देशन दिइएको बताउनु भयो ।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा.डा.कपिल श्रेष्ठ र मलेसियाका लागि प्रस्तावित डा.नेत्रप्रसाद तिमल्सिनामाथि फरक मत राख्नुभएको बताउनु भयो ।

जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माको लागि फरक मत रहेको बताउनु भयो । उहाँले समावेशीता अझै अपूरो रहेको सांसदहरुको गुनासोपछि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई बोलाएर यस विषयमा स्पष्टीकरण लिएको बताउनु भयो । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया