प्रस्तावित प्रधानन्यायाधीश र राजदूतविरुद्ध उजुरी आह्वान

 असोज ४, २०८१ शुक्रबार १२:२७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले आज सूचना निकालेर प्रस्तावित प्रधानन्यायाधीश राउतसँगै बेल्जियमका लागि प्रस्तावित नेपाली राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित नेपाली राजदूत चित्रलेखा यादव माथि पनि उजुरी आह्वान गरेको हो ।

१० दिनभित्र समिति सचिवालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने सूचनामा उल्लेख छ । उजुरी दिँदा उजुरीकर्ताले आफ्नो नाम, थर, ठेगाना र फोन नम्बर स्पष्ट रुपमा खुलाउनुपर्ने उल्लेख छ । यद्यपि, सूचनादाताले चाहेमा नाम गोप्य राखिनेसमेत सूचनामा उल्लेख छ ।

गएको सोमवार बसेको मन्त्रिपरिषद् बैठकले प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । अहिलेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले  असोज १८ गते अवकाश पाउँदै हुनुहुन्छ । श्रेष्ठपछि दोस्रो वरियतामा रहेका राउतले सुनुवाइ प्रक्रिया पूरा भएर प्रधानन्यायाधीश नियुक्त भए १८ महिना न्यायपालिकाको नेतृत्व गर्नुहुनेछ ।

साउन अन्तिममा बसेको मन्त्रिपरिषद् बैठकले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । त्यस्तै, भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले चित्रलेखा यादवदलाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो ।
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया