क्लासिक टेककाे ‘आधा तिरे पुग्छ’ अफर

 असोज ४, २०८१ शुक्रबार १८:३०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले चाडपर्व लक्षित अफर सार्वजनिक गरेकाे छ । सस्तो तथा भरपर्दो इन्टरनेटका साथै आईपीटीभी जडान गर्ने ग्राहकको चाहनालाई मध्यनजर गर्दै आधा तिरे पुग्छ अफर सार्वजनिक गरेको कम्पनीले जनाएकाे छ ।

यस अफरमा अब ग्राहकले वार्षिक अफरको आधा भुक्तानी गरेर ६ महिनासम्म इन्टरनेट र टीभी जडान गर्न सक्ने र ६ महिनापछि पनि त्यही प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सक्ने क्लासिक टेकले जनाएकाे छ । यस अफरमा १५० एमबीपीएस इन्टरनेट र टीभी २०० एमबीपीएस इन्टरनेट र टीभी तथा २०० एमबीपीएसमा २ आईपीटीभी सम्मका प्याकेज रहेका छन् ।

यसैगरी वाईफाई ६ भएको डुअल ब्याड राउटर, स्मार्ट सेटअप बक्सका साथै सेकेन्डरी राउटर पनि निःशुल्क उपलब्ध गराएको छ । खासगरी एक वर्ष र तीन महिनाको इन्टरनेट तथा आईपीटीभी जडानमा महँगो तिरिरहेका ग्राहकका लागि याे अफर निकै आकर्षक रहेको क्लासिक टेककाे भनाइ छ ।

अफर दशैँ, तिहार र छठसम्म रहने तथा पुरानो ग्राहकको हकमा पनि ६ महिनाको रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया