प्रिमियर लिगमा लिभरपुल, चेल्सी र एस्टनभिल्ला विजयी, युनाइटेड र क्रिस्टल प्यालेसको गोलरहित बराबरी

 असोज ६, २०८१ आइतबार ६:४९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल, चेल्सी र एस्टनभिल्ला विजयी भएका छन् । गएराति भएको खेलमा लिभरपुलले बर्नमाउथलाई र चेल्सीले वेस्टह्यालाई समान ३–० गोलले हरायो । घरेलु मैदान एनफिल्डमा लिभरपुलका लुइस डियाजले २ तथा डार्विन नुनेजले १ गोल गरे ।

जीतसँगै लिभरपुल अङ्कतालिकाको शीर्ष स्थानमा पुगेको छ । लिभरपुलको पाँच खेलमा १२ अङ्क छ । एस्टनभिल्लाले उल्भ्सलाई ३–१ गोलले हरायो । समान पाँच खेलमा १२ अङ्क नै रहेको एस्टन भिल्ला तेस्रो तथा एक खेल कम खेलेको साविक विजेता म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ ।

त्यस्तै हिजो भएको अर्को खेलमा चेल्सीले वेस्ट ह्यामलाई हराउँदा निकोलस ज्याक्सनले २ तथा कोल पाल्मरले १ गोल गरे । जीतसँगै चेल्सीको पाँच खेलमा १० अङ्क भएको छ । चेल्सी चौथो स्थानमा छ ।

अरू खेलमा फुलहमले न्यूक्यासललाई र टोटनहमले ब्रेन्टफोर्डलाई समान ३–१ गोलले नै हरायो । लेस्टरसिटी र एभर्टनले एक/एक गोलको र म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका छन् । 

अन्तिम अपडेट: असोज ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया