विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै

 असोज ६, २०८१ आइतबार ७:२०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । खेल किङ्ग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ ।

यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भयो । शृङ्खलामा नेपाल, ओमान र क्यानडा सहभागी छन् ।

यो शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले असोज ८ गते ओमान खेल्नेछ । सन् २०२७ को विश्वकप छनोटको रूपमा रहेको लिग–२ मा आठ वटा टोलीको सहभागिता छ । तालिकामा नेपाल छ खेलमा दुई अङ्कसहित सातौँ स्थानमा छ ।  

अन्तिम अपडेट: असोज ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया