इङ्ल्यान्डसँगको एकदिवसीय शृङ्खलामा अस्ट्रेलियाको लगातार दोश्रो जीत

 असोज ६, २०८१ आइतबार ८:४७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – इङ्ल्यान्डसँगको दोश्रो एकदिवसीय क्रिकेटमा अस्ट्रेलिया ६८ रनले विजयी भएको छ । जीतसँगै पाँच खेलको शृङ्खलामा अस्ट्रेलियाले २–० को अग्रता बनाएको छ ।

लिड्समा गएराति भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले इङ्ल्यान्डलाई दुई सय ७१ रनको लक्ष्य दिएको थियो । तर इङ्ल्यान्ड ४० ओभर २ बलमा दुई सय दुई रनमा अलआउट भयो । उसका जेमी स्मिथले सर्वाधिक ४९ रन बनाए ।

अस्ट्रेलियाका मिचेल स्टार्कले तीन तथा ग्लेन म्याक्सवेल, आरोन हार्डी र जोस हेजलवुडले समान दुई विकेट लिए । त्यसअघि अस्ट्रेलिया ४४ ओभर चार बलमा दुई सय ७० रनमा अलआउट भएको थियो । उसका विकेटकिपर एलेक्स क्यारीले सर्वाधिक ७४ रन बनाए ।

यस्तै कप्तान मिचेल मार्शले ६० रन जोडे । इङ्ल्यान्डका ब्रायडन कार्सले तीन तथा ज्याकोब बेथहेल, म्याथ्यु पोट र आदिल राशिदले समान दुई विकेट लिए ।

शृङ्खलामा अस्ट्रेलियाको यो लगातार दोश्रो जीत हो । यसअघि पहिलो खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई सात विकेटले हराएको थियो । तेश्रो खेल पर्सि मङ्गलवार हुनेछ । 

अन्तिम अपडेट: असोज ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया