एन्फा महिला फुटबल लिगमा आज बागमती युथ क्लब र कर्णाली प्रदेश खेल्दै

 असोज ६, २०८१ आइतबार १३:१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डौ – एन्फा महिला फुटबल लिगमा आज बागमती युथ क्लब र कर्णाली प्रदेश खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे शुरु हुनेछ ।

बागमती छ खेलमा चार अङ्कसहित तालिकाको आठौं स्थानमा छ भने समान छ खेल खेलेको कर्णाली चार अङ्कसहित नवौं स्थानमा छ । यो खेलसँगै लिगको सातौँ चरण पूरा हुनेछ ।

१० टोली सहभागी प्रतियोगितामा तीन विभागीय टोली: सशस्त्र प्रहरी बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब शीर्ष तीनमा छन् । सात खेलमा अङ्क जोड्न नसकेको सुदूरपश्चिम प्रदेश पुछारमा छ । 

अन्तिम अपडेट: असोज ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया