मध्यभोटेकोशीबाट एक महिनाभित्र विद्युत् उत्पादनको तयारी

 असोज ६, २०८१ आइतबार १२:५१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी अन्तिम चरणका काम भइरहेका छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा याे आयोजना निर्माण भइरहेको छ ।

यसअघि केही विवाद रहेकोमा सहमति जुटेपछि अहिले तार तान्ने काम भइरहेको छ । दुई सय २० केभी सिङ्गल सर्किट प्रसारण लाइनको तार तान्ने काम दशैँ अगाडि सकिने प्राधिकरणले जनाएको छ । त्यस्तै बाँधक्षेत्रको निर्माण सकेर पानी हालेर परीक्षणसमेत भइसकेको छ ।

परीक्षणका क्रममा मुख्य सुरुङको झन्डै एक हजार चार सय मिटर खण्डमा पानी चुहिएपछि त्यसको मर्मत र सुधार सम्पन्न गरिएको छ । अहिले सुरुङ सफा गर्न शुरु गरिएको छ । १५ दिनपछि सुरुङमा पानी भर्न थालिने प्राधिकरणले जनाएको छ ।

सुरुङबाट पानी आउनसाथ उपकरणहरुको वेट टेस्ट अर्थात् परिक्षण शुरु हुनेछ । बाँकी रहेका सम्पूर्ण काम एक महिनाभित्र सम्पन्न गरी विद्युत् उत्पादन शुरु गर्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया