चीन भ्रमणमा गएको रास्वपा नेताको टोली आकस्मिक रुपमा स्वदेश फर्कंदै

 असोज ७, २०८१ सोमबार ६:३६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिक रूपमा आज स्वदेश फर्किने भएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली पार्टी सभापति रवि लामिछाने सहकारी बचत अपचलनमा पक्राउ पर्ने आशङ्का भएपछि भ्रमण छोट्याएर फर्किन लागेको हो । रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि अस्ति शनिवार मध्यरातमा चीनका लागि उडेको थियो ।

टोलीमा पार्टी उपसभापति स्वर्णिम वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुसरकार श्रेष्ठ छन् ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया