राष्ट्रसङ्घ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई प्रधानमन्त्रीको सम्बोधन

 असोज ७, २०८१ सोमबार ७:१९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई सम्बोधन गर्नुभएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको सत्रलाई सम्बोधन गर्नुभएको हो ।

यसअघि प्रधानमन्त्री ओलीले महासभाअन्तर्गत ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रको अध्यक्षता गर्नुभएको थियो । उहाँले अल्पविकसित देशका समूहहरुको साझा समस्याका रुपमा रहेको गरिबी निवारणका लागि उत्पादनवृद्धि गरी औद्योगिकीकरण गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले कार्बन उत्सर्जनका कारण अल्पविकसित देशहरु प्रभावित हुँदै आएकाले यसप्रति गम्भीर भइ विकसित देशले क्षतिपूर्ति कोषमा लगानी बढाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले लाखौँ बालबालिका पढ्ने र खाने अधिकारबाट वञ्चित भएको अवस्थामा साझा प्रयासको खाँचो औल्याउँदै गरिबी निवारणमा जोड दिनुभएको छ । 
 

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया