काभा महिला क्लब च्याम्पियनशिपको विजेता पुलिस टोली स्वदेश फर्कंदै

 असोज ७, २०८१ सोमबार ९:२६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – माल्दिभ्समा काभा महिला क्लब च्याम्पियनशिपको उपाधि जितेको नेपाल पुलिस क्लबको टोली आज स्वदेश फर्किदैछ । पुलिस टोली अहिले बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल भलिबल सङ्घले जानकारी दिएको छ ।

माल्दिभ्सको मालेमा अस्ति शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिस अपराजित रहँदै विजेता बन्न सफल रह्यो । त्यसअघि लिग चरणमा पुलिसले पहिलो हुमोलाई ३–० दोस्रो श्रीलङ्का एयर फोर्स र तेस्रोमा ताजिकस्तानको डाइमेड भलिबल क्बललाई समान ३–० सेटले हराएको थियो ।

नेपाल पुलिसले घरेलु टोली वाम्कोसँग ३–२ सेटको जित निकालेको थियो भने  आफ्नो अन्तिम खेलमा अर्को घरेलु टोली माल्दिभ्स पुलिस क्लबलाई ३–१ ले पराजित गरेको थियो ।

पुलिस क्लबकी उषा भण्डारी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन् । उषा बेस्ट अपोजिट हिटर पनि घोषित भइन् । सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो घोषित थिइन् । न्यु डायमण्डकी सुमित्रा तथा एपीएफका सरस्वती चौधरी र निरुता ठगुन्ना क्लव च्याम्पियनशिपका लागि पुलिसले अनुबन्ध गरेको थियो । 
 

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया