स्नातक उत्तीर्ण गरेको प्रमाणपत्र पेश गर्न नसकेपछि प्रस्तावित राजदूतद्वारा नाम फिर्ता

 असोज ८, २०८१ मंगलबार १८:६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र पेश गर्न नसकेपछि श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले नाम फिर्ता लिनुभएको छ ।

सरकारले श्रीलङ्काको राजदूतमा सिफारिश गरे पनि भट्टराईले स्नातक उत्तीर्ण नगरेको भन्दै समितिमा उजुरी परेको थियो । त्यसपछि समितिले उहाँलाई स्नातक उत्तीर्ण गरेको प्रमाणपत्र ल्याउन भनेको थियो । तर भट्टराईले आज अन्तिम दिनसम्म पनि प्रमाणपत्र ल्याउन नसकेपछि नाम नै फिर्ता लिनुभएको हो ।

भट्टराईलाई राजदूतमा सिफारिश गरेको आज ४५ दिन पुगेकाले उहाँको बारेमा निर्णय गर्ने आज नै अन्तिम दिन हो । उहाँले आफूलाई असोज ११ गतेसम्मको समय दिएमा प्रमाणपत्र ल्याउने बताउनुभएको थियो । तर कानूनी व्यवस्थाका कारण समितिले समय दिन नसकेपछि उहाँले नै नाम फिर्ता लिनुभएको हो । भट्टराईले आफूले भारतबाट स्नातक उत्तीर्ण गरेको तर हराएको बताउनुभएको छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया