सामोआका प्रधानमन्त्री र फिनल्यान्डका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको भेट

 असोज ९, २०८१ बुधबार ७:३२:२३ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली भेटवार्ता र विभिन्न कार्यक्रममा व्यस्त हुनुहुन्छ ।

गएराति सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफा र ओलीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच राष्ट्रसङ्घका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो । त्यस्तै फिनल्यान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबसँग राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले २६ सेप्टेम्बर (अमेरिकी समयअनुसार असोज १०) मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले महासभालगायतका मञ्चहरूमा नेपालको संविधान, पञ्चशीलमा आधारित विदेश नीति, नेपालको सङ्क्रमणकालीन न्याय तथा जलवायु परिवर्तन, हिमालका मुद्दालाई प्राथमिकताका साथ राख्नुहुनेछ ।

भोलि अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ । त्यसअघि प्रधानमन्त्री ओलीले अस्ति सोमवार कोलम्बिया विश्वविद्यालयमा सम्बोधन गर्नुभयो ।

त्यस्तै न्यूयोर्कमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय वार्ता भएको थियो । मोदीसँगको भेटवार्ता अघि कुवेतका राजकुमार शेख सबाह अल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग पनि कुराकानी भएको थियो । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया