पाँच बुँदे घोषणापत्र र नौ बुँदे अपिल जारी गर्दै सकियो जलवायु अनुकूलन सम्मेलन

 असोज ९, २०८१ बुधबार ९:२१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाँच बुँदे घोषणापत्र र नौ बुँदे अपिल जारी गर्दै छैठौँ जलवायु अनुकूलन सम्मेलन सकिएको छ । महोत्तरीको बर्दिवासमा आयोजित स्थानीय नेतृत्वमा आधारित जलवायु अनुकूलन सम्मेलन हिजो बेलुका समापन भएको हो ।

विश्वव्यापी जलवायु परिवर्तनका कारण जोखिममा परेका समुदायको अधिकार र आवश्यकतामा आधारित समतामूलक नीति र कार्यका लागि सम्मेलनले जलवायु न्यायमा जोड दिएको छ । जारी घोषणापत्रमा देशका सबैजसो क्षेत्र जलवायु परिवर्तनको बढ्दो असरबाट जोखिममा रहेकोप्रति चिन्ता व्यक्त गरिएको छ ।

सम्मेलनले कार्बन उत्सर्जन न्यूनीकरणको लक्ष्य प्राप्त गर्न जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथमिकतामा राख्न जोड दिएको छ । यसैगरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धीअन्तर्गत अनुकूलनका लागि भइरहेका प्रयत्न र वार्ताहरु महत्त्वपूर्ण हुने सम्मेलनको ठहर छ ।

सम्मेलनले जलवायु अनुकूलन कार्यक्रमको विस्तारका लागि यससम्बन्धी अभ्यास मानिस केन्द्रित र जलवायु न्यायको सिद्धान्तका आधारमा अवलम्बन गर्न सम्बद्ध सबैपक्षलाई आग्रह गर्दै नौबुँदे अपिल जारी गरेको छ । सम्मेलन जलवायु अनुकूलन अभ्यास र वातावरण क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका १४ सामाजिक सङ्घसंस्थाले संयुक्त रुपमा आयोजना गरेका हुन् । 
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया