कञ्चनपुरसहित विभिन्न जिल्लामा चट्याङ लागेर ६ जनाकाे ज्यान गयाे

 असोज ९, २०८१ बुधबार १५:३८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – विभिन्न जिल्लामा चट्याङ लागेर ६ जनाको ज्यान गएको छ । यस्तै तीन जना घाइते भएका प्रहरीले जनाएको छ ।

कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दोधारा चाँदनी–६ का जगदीश सुनार घाइते भएका छन् ।

यस्तै दाङमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । दुई जना गम्भीर घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटकी ४२ वर्षीया निमकली साहु, ६ वर्षकी छोरी सविना र तीन वर्षका छोरा समिर घाइते भएकामा समिरको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आमा र छोरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीहरूलाई आफ्नै घरमा चट्याङ लागेको हो ।

यस्तै रोल्पाको त्रिवेणी गाउँपालिका–५ हाङजावाङमा चट्याङ लागेर चन्द्रकली वलीको ज्यान गएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–३ तेह्रथुमे टोलमा घर बनाउने काम गरिरहेका झापाका कुमार मोतेको पनि चट्याङ लागेर ज्यान गएको छ । यस्तै गएराति बाजुराको बुढीगङ्गा नगरपालिका–४ बानेगाउँमा चट्याङ लागेर खम्ब कटुवालको ज्यान गएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया