ललितपुर महानगरलाई विपद् व्यवस्थापनमा 'नम्बर वान' बनाउन चाहन्छौँ : मेयर महर्जन

 असोज ९, २०८१ बुधबार १६:२५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा पहिलो महानगरपालिका बनाउन चाहेको मेयर चिरीबाबु महर्जनले बताउनुभएको छ ।

ललितपुरमा आगलागी नियन्त्रण सचेतना अभियानकाे आज शुभारम्भ गर्दै मेयर महर्जनले ललितपुरको महानगर क्षेत्रमा विपद् व्यवस्थापनका लागि चार मिनेटभित्र दमकललगायतका सामग्री पुर्‍याई सक्नेगरी योजना तय गरिएको बताउनुभयाे ।

मेयर महर्जनले तत्काल विपद् व्यवस्थापनका लागि आफ्नो तर्फबाट गर्नुपर्ने कामहरू राम्रोसँग अघि बढाएको दाबीसमेत गर्नुभयो । उहाँले विपद् व्यवस्थापनका लागि पुल्चोक दमकल सेन्टरलाई केन्द्र भागमा राखेर अन्य ठाउँमा पनि चार वटा सबस्टेशन बनाउने गरी अध्ययन भइरहेकाे र त्याे कामलाई चालू आर्थिक वर्षबाटै शुरू गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘विपद् व्यवस्थापनमा ललितपुर महानगरपालिकालाई नम्बर वान बनाउन चाहन्छौँ । यसका निमित्त हाम्रो तर्फबाट गर्नुपर्ने कामहरू राम्रोसँग अगाडि बढिरहेको छ ।’

मेयर महर्जनले ललितपुर महानगरपालिकाले आफ्नो महानगर क्षेत्रभित्रको मात्रै नभई ललितपुर जिल्लाका सबै पालिलाई पनि विपद् व्यवस्थापनमा सहयोग गर्ने लक्ष्य लिएको बताउनुभयो ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया