जीबी राईविरुद्ध अर्को पनि मुद्दा दर्ता, ४ सय ४६ जनाको साढे ३७ करोड रुपैयाँ अपचलन गरेको आरोप

 असोज ९, २०८१ बुधबार १८:८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) विरुद्ध अर्को मुद्दा पनि दर्ता भएको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा जिल्ला अदालत कास्कीमा ठगी मुद्दा विचाराधीन रहेकै बेला जिल्ला अदालत चितवनमा पनि अर्को मुद्दा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत दर्ता गरेको मुद्दामा सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका चार सय ४६ जना बचतकर्ताको साढे ३७ करोड रुपैयाँ अपचलन गरेको आरोपमा छ । मुद्दामा संस्थापक अध्यक्ष जीबीसहित १७ जनालाई प्रतिवादी बनाइएको छ । मुद्दा दायर गरिएकामध्ये कुमार रम्तेल मात्रै पक्राउ परेका छन् । अन्यलाई फरार सूचीमा राखिएको छ ।

सहारा सहकारीबाट पनि गोरखा मिडिया नेटवर्क प्रालीमा तीन करोड ५० लाख रुपैयाँ लगिएको पाइएको छ । बचतकर्ताले भने १० करोड ८० लाख १८ हजार एक सय ५१ रुपैयाँ गोरखा मिडियामा गएको बताउँदै आएका अभियोगपत्रमा उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया