न्यायाधीश नियुक्तिको सिफारिश गर्न लागेको भन्दै नेपाल बारको खबरदारी सभा

 असोज ९, २०८१ बुधबार १८:३०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – न्याय परिषद्ले संविधानको व्यवस्था विपरीत न्यायाधीश नियुक्ति सिफारिश गर्न लागेको भन्दै नेपाल बार एशोसिएसनले विरोध प्रदर्शन गरेको छ ।

सेवा निवृत हुनै लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ न्यायाधीश नियुक्त गर्न लागेको भन्दै बारले विरोध गरेको हो । न्याय परिषद्ले न्यायाधीश नियुक्तिको सिफारिशका लागि बैठक बोलाउने निर्णय गरेकोले त्यसको विरोधमा बाध्य भएर खबरदारी सभा लगायतका विरोधको कार्यक्रम गर्नुपरेको बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बताउनुभयो ।

न्याय परिषद् नियमावलीका सम्बन्धमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको थियो । कार्यदलमा कुनै विषय नराखिकन न्याय परिषद्को बैठकबाट न्यायाधीश नियुक्तिका लागि सिफारिश गर्ने असंवैधानिक कदम अघि बढाउने प्रयास गरेपछि बाध्य भएर निरन्तर रूपमा विरोधका कार्यक्रम गरेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया