उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
मोरङ – उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेलले वर्तमान सरकारका लोकप्रिय कामको परिणाम नागरिकले अनुभूति गर्ने बताउनुभयो ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले योजना बनाएर कामको शुरुआत गरेकाले परिणाम चाँडै आउने प्रस्ट पार्नुभयो । उहाँले सरकारको राम्रो कार्यमध्ये यातायात सिण्डिकेट हटाउने कार्यबाट पछाडि नहटेको र यसलाई निरन्तरता दिइएको बताउनुभयो ।
रक्षामन्त्री पोखरेलले नेपाल कम्युनिस्ट पार्टी ने क पाको स्थायी कमिटी विधानअनुसार नै सञ्चालन भएको उल्लेख गर्दै तल्लो स्तरमा पार्टी एकीकरण सम्बन्धमा गृहकार्य भइरहेको बताउनुभयो । नेपाली सेनाले आफ्नो प्रक्रियाअनुसार नै सेनामा बढुवा कार्य अगाडि बढाइरहेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।