आजदेखि दुई चलचित्र ‘सानो संसार’ र ‘आँखा’ प्रदर्शनमा

 असोज ११, २०८१ शुक्रबार १०:०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  – आजदेखि दुई चलचित्र ‘सानो संसार’ र ‘आँखा’ देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएका छन् । यी दुबै चलचित्रले फरक विषयवस्तुलाई केन्द्रमा राख्दै दर्शकहरूलाई मनोरञ्जन दिने प्रयास गरेका छन् ।

सानो संसारले नेपाली मध्यमवर्गीय परिवारको यथार्थ चित्रण गरेको छ । बुधवार काठमाण्डौमा आयोजित प्रिमियरमा दर्शक र समीक्षकहरूले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका थिए ।

सिद्धार्थ पुडासैनीको डेब्यु निर्देशनमा बनेको यो चलचित्रमा सीता देवी तिमल्सेना, राजपंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर शिवाकोटी, सरिता भण्डारी र जीवन गौतमले अभिनय गरेका छन् । यो चलचित्र ७० लाख रुपैयाँको बजेटमा निर्माण भएको हो ।

त्यस्तै सामाजिक विषयवस्तुमा आधारित आँखा पनि आजदेखि प्रदर्शनमा आएको छ । निर्देशक जोन योंजनको लेखन र निर्देशनमा बनेको यस चलचित्रले गरिबी, मानवता, सामाजिक दबाब, र नैतिकताजस्ता जटिल मुद्दाहरूलाई उजागर गरेको छ ।

चलचित्रमा स्मिता लामिछाने, आर के मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकारहरूको अभिनय रहेको छ । आँखालाई दर्शकले सकारात्मक रूपमा लिने अपेक्षा गरिएको छ। विशेष गरी यसले तल्लो वर्गको सङ्घर्ष र जीविकोपार्जनका लागि गरिने प्रयासहरूलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।

दुवै चलचित्र आजदेखि सिनेमा हलहरूमा उपलब्ध छन् र दर्शकहरूले यी फरक शैलीका फिल्महरू हेर्ने मौका पाउनेछन् । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया