नारायणगढबाट काठमाण्डौको सडकमा भोलिसम्म गाडी चलाउन रोक

 असोज १२, २०८१ शनिबार १४:११:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा गाडी चलाउन पूर्ण रुपमा रोक लगाएको छ । कार्यालयले सूचना निकालेर लगातारको वर्षा नरोकिएको र बाढी पहिरोको जोखिम बढेको कारण चितवन हुँदै काठमाण्डौ जाने राजमार्गमा गाडी चलाउन रोक लगाएको जानकारी गराएको हो ।

सूचनामा हिजो चितवनबाट काठमाण्डौतर्फ हिँडेका गाडीहरु भोलिसम्म आँपटारीमै रोकिनुपर्ने पनि उल्लेख छ । वर्षा र जोखिमको अवस्था हेरेर भोलि बिहान ५ बजे पछि अर्को निर्णय लिने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

नारायणगढ–मुग्लिन सडकको २६ किलोमा सडक भासिएको र मुग्लिन कटेपछि पृथ्वीराजमार्गमा पहिरो गएका कारण बिहानैदेखि सडक अवरूद्ध छन् ।


 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया