सोलुखुम्बुमा पहिरोले घर बगाउँदा पाँच जनाको ज्यान गयो

 असोज १३, २०८१ आइतबार ७:८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – सोलुखुम्बुमा पहिरोले दुई वटा घर बगाउँदा पाँच जनाको ज्यान गएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर–९ र १० मा गरी हिजो दुई घर पहिरोले बगाउँदा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक द्ववारिकाप्रसाद घिमिरेका अनुसार वडा नम्बर–९ मा माईती आएकी सोलुदुधकुण्ड नगरपालिका–२ की २३ वर्षीया ल्हामु शेर्पा, उहाँका सात महिनाका छोरा फुर्वा ल्होप्साङ शेर्पा र वडा नम्बर–९ की वर्ष २९ की रिना तामाङको ज्यान गएको हो ।

त्यस्तै सोलुदुकुण्ड नगरपालिका–१० चैलुङकी वर्ष ३३ की कबिता मगर र वर्ष–२४ की रुपु मगरको ज्यान गएको प्रहरी नायव उपरीक्षक घिमिरेले जानकारी दिनुभयो । चैलुङका टेकबहादुर मगरको ढुङ्गामाटोले बनेको काठको छानो भएको घरको माथिबाट आएको पहिरोले घर बगाउँदा कबिता र रुपुको ज्यान गएको हो ।  

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया