तीन दिन विद्यालय बन्द गर्न पालिकाहरुलाई शिक्षा मन्त्रालयको अनुरोध

 असोज १३, २०८१ आइतबार ७:१५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले आजदेखि तीन दिनसम्म विद्यालयमा बिदा दिन पालिकाहरुलाई आग्रह गरेको छ । हिजो कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको विपदसम्बन्धी आकश्मिक बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना निकालेर तीन दिन विद्यालय बिदा गर्न पालिकाहरुलाई अनुरोध गरहेको हो ।

मन्त्रालयले वर्षाजन्य प्रकोपका कारण विद्यालय भवनमा क्षति भएको, विद्यार्थी तथा अभिभावक बाढी पहिरोको चपेटामा परेको र यातायात सेवा पनि अवरुद्ध भएका भन्दै विद्यालय बिदा दिन भनेको छ ।

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा हिजो बसेको विपदसम्बन्धी आकश्मिक बैठकले विश्वविद्यालयलगायत सबै शैक्षिक संस्थाको परीक्षा स्थागित गरी परिवेश अनुमान गरेर उपयुक्त समयमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय पनि गरेको थियो ।

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया