धादिङको झ्याप्ले खोलामा थप एउटा बस र तीन वटा शव भेटिए, गोरखाबाट आएको बस हुन सक्ने

 असोज १३, २०८१ आइतबार १०:२८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सशस्त्र प्रहरी बल

काठमाण्डौ – धादिङको झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप तीन वटा शव फेला परेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा थप तीन वटा शव भेटिएको हो । त्यहाँ हिजो पहिरोले पुरेका दुईवटा बस र १४ जना यात्रुको शव निकालिएको थियो । त्यही पहिरोमा आज अर्को बस पनि पुरिएको अवस्था भेटिएको हो ।

आज भेटिएको बस र तीन जना यात्रु गोरखाबाट काठमाण्डौतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बस र यात्रु हुन सक्ने सशस्त्र प्रहरीले जनाएको छ । बस र यात्रुको पहिचान भने भइसकेको छैन । गोरखाको लापुबेंसीबाट शुक्रवार बिहान काठमाण्डौका लागि छुटेको बस सम्पर्कविहीन भएको दरौदी यातायात प्रा.लीले जनाएको थियो ।  

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया