धादिङको झ्याप्ले खोलामा पुरिएका थप १३ जनाको शव भेटियो

 असोज १३, २०८१ आइतबार ११:३३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सशस्त्र प्रहरी बल

काठमाण्डौ – धादिङको झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप १३ वटा शव भेटिएको छ । आज बिहान पहिरो पन्छाउने क्रमा पहिरोले पुरेको अवस्थामा एउटा बस र एउटा माइक्रो सहित १३ जनाको शव भेटिएको शसस्त्र प्रहरीले जनाएको छ । त्यही पहिरोमा हिजो दुई वटा बससहित १४ वटा शव पुरिएको अवस्थामा भेटिएको थियो ।

यसैबीच गोरखाको लापुबेंसीबाट गएको शुक्रवार काठमाण्डौका लागि छुटेको यात्रुबाहक बस पृथ्वीराजमार्गअन्तर्गत झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा भेटिएको छ । धार्चे गाउँपालिका–७ लापुबाट छुटेको बा ४ ख २२७० नम्बरको बस पहिरोमा पुरिएको अवस्थामा भेटिएको गोरखा दरौदी यातायात प्रा.लिका अध्यक्ष नारायण खत्रीले जानकारी दिनुभयो । लापुबेंसीबाट छुटेको बस शुक्रवार रातिदेखि सम्पर्कविहीन थियो । 

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया