बाढी र पहिरो : ३ दिनमा १ सय २५ जनाको ज्यान गयो, ६४ जना बेपत्ता

 असोज १३, २०८१ आइतबार १३:३८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : नेपाल प्रहरी

काठमाण्डाै – पछिल्लो तीन दिनमा वर्षाजन्य विपद्मा परेर एक सय २५ जनाको ज्यान गएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार अस्ति शुक्रवारदेखि आजसम्म विभिन्न जिल्लामा १ सय २५ जनाको ज्यान गएको छ भने ६४ जना अझै बेपत्ता छन् । यस्तै ६१ जना घाइते भएका छन् ।

बाढी र पहिराेमा परी सबैभन्दा धेरै काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा मात्रै ६३ जनाको ज्यान गएको छ । काठमाण्डौमा ३९ जना, ललितपुरमा १९ जना र भक्तपुरमा पाँच जनाको ज्यान गएको छ । यस्तै काभ्रेमा १८ जना, सिन्धुपाल्चोकमा नौ जना, मकवानपुरमा सात जना तथा पाँचथर र सोलुखुम्बुमा पाँच/पाँच जनाको ज्यान गएको छ ।

यस्तै बाढी र पहिराेमा परी काभ्रेमा २३ जना, ललितपुरमा १५ जना, काठमाण्डौमा ६ जना, दोलखामा चार जना र पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । ३६ सय जनाभन्दा धेरैको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

विभिन्न जिल्लामा ज्यान गुमाउने र बेपत्ता हुनेहरूको विवरण सङ्कलन भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । बाढी र पहिरोमा परेर अहिलेसम्म तीन सय २२ वटा घर बगेका छन् । यस्तै चार वटा पक्की पुल र दुई वटा बेलिब्रिजसहित १६ वटा पुल पनि बगेका प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया