धादिङको झ्याप्ले खोलामा ३ वटा गाडीमा ३५ जनाको शव भेटियाे

 असोज १३, २०८१ आइतबार १५:६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – धादिङको झ्याप्ले खोलामा पुरिएका तीन वटा बसबाट अहिलेसम्म ३५ जनाको शव भेटिएको छ ।

प्रहरीका अनुसार हिजो एउटा माइक्रोबसबाट १४ जनाको शव निकालिएको थियो । आज एउटा बसमा आठ जनाको शव र अर्को माइक्रोबसमा १३ जनाको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयाे ।

गोरखाबाट काठमाण्डौका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बसबाट आज आठ जनाको शव निकालिएको छ । यस्तै चितवनबाट काठमाण्डाै आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रोबसमा १३ जनाको शव फेला परेको छ । यो माइक्रोबाट चार जना महिला र नाै जना पुरुषको शव निकालिएको छ । यस्तै बुटवलबाट काठमाण्डाैका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रोबसलाई पनि झ्याप्ले खोलाको पहिरोले पुरेको थियो । त्यो माइक्रोबसमा रहेका १४ जनाको शव हिजो नै निकालिएको थियो ।

हिजो शव निकालेकामध्ये तीन जना गुल्मीको मदाने गाउँपालिकाका–६ का र तीन जना गुल्मीदरबार गाउँपालिकाको चारपालाका रहेको खुलेको छ । झ्याप्ले खोलाको पहिरोले अरू पनि गाडी पुरेको शङ्कामा खोजी भइरहेको छ ।

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया