घरबास गुमाएका नागरिककाे पुनर्स्थापना प्रक्रिया अघि बढाउने सर्वदलीय बैठककाे निर्णय

 असोज १३, २०८१ आइतबार १८:११:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वदलीय बैठकले बाढी पहिरोबाट घरबास गुमाएका नागरिककाे पुनर्स्थापना प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज बसेको बैठकले बाढी पहिरो पीडितहरूको तत्काल उद्धार गरी सुरक्षित बासस्थान, खानपिन र अन्य राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको हो ।

शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्दै पीडितहरूका लागि उचित आवासको प्रबन्ध गर्न तत्काल आवश्यक कदम चाल्ने बताएको छ ।

बैठकले बाढी पहिरोले अवरुद्ध राजमार्गमा अलपत्र यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउन जिल्ला विपद् व्यवस्थापन समिति, यातायात व्यवसायी सङ्घ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएको छ ।

यसैगरी सङ्घीय राजधानी काठमाण्डाै जोड्ने राजमार्गहरूलाई तत्काल सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल गर्नेछ । ऊर्जा मन्त्रालयले क्षतिग्रस्त प्रसारण लाइन र विद्युत् गृहहरूको मर्मत गरी बिजुली आपूर्ति सुनिश्चित गर्नेछ भने सञ्चार मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन सेवा पुनर्स्थापना गर्ने निर्णय भएको छ ।

यस्तै खानेपानी मन्त्रालयले प्रभावित क्षेत्रका खानेपानी प्रणालीहरूको मर्मत गर्ने जनाएको छ । बैठकले खाद्यान्न, तरकारी, फलफूल, ग्यासजस्ता अत्यावश्यक उपभोग्य सामग्रीहरूलाई सुलभ मूल्यमा उपलब्ध गराउन विशेष व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ ।

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया