बाढीपहिरो : पुनर्निर्माणका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान

 असोज १८, २०८१ शुक्रबार १५:२०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले हालै गएको बाढीपहिरोबाट भएको क्षतिको पुनर्निर्माणका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्ने देखिएको बताउनुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको आज बसेको बैठकमा बोल्दै उहाँले व्यक्तिका घर तथा सार्वजनिक सडकमा पुगेको क्षति पुनर्निर्माणका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताउनुभयो ।

मन्त्री दाहालले बाढी पहिरोका कारण अवरुद्ध भएका राजमार्ग खुलाउन काम तीव्ररुपमा भइरहेको र यसका लागि भाडामा निजी निर्माण उपकरण लिएर समेत काम भइरहेको जानकारी दिनुभयो ।

उहाँले हवाई जहाज कम्पनीले अत्याधिक भाडा लिएको गुनासो आएको र त्यसो नगर्न आग्रह गरेको बताउनुभयो । बैठकमा सांसद्हरुले छिटोभन्दा छिटो राजमार्ग खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
 

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया