सस्ता र छुट लेखिएको पसलमा भीडभाड, अन्यमा सुनसान (फोटो फिचर)

 असोज १९, २०८१ शनिबार ११:१६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दशैँ शुरु भएपछि सडक र बजारमा चहलपहल बढ्न थालेको छ । अघिल्ला वर्षहरुमा दशैँको घटस्थापनादेखि नै चहलपहल हुने गर्‍याे । तर यसपटक दशैँको मुखमै बाढीपहिरोले जनधनको निकै क्षति गरेकाले सोचेअनुसार चहलपहल बढ्न नसकेको हो ।

दशैँ शुरू भैसक्दा कतिपय सडकहरु अझै बन्द छन् भने बाढी र डुबानमा परेका पसलहरु पनि पूर्ववत् अवस्थामा आउन बाँकी छ । काठमाण्डौका न्युरोड, असन, इन्द्रचोकजस्ता ठूला बजारहरूमा किनमेल गर्ने ग्राहकको भीड बढ्न थाले पनि व्यापारीहरूले यस वर्ष पहिलेको जस्तो चहलपहल भैनसकेको बताएका छन् ।

सस्तो र छुट लेखिएको पसलमा भने चहलपहल केही बढी छ । तर सस्तो पसलमा पनि सोचेअनुसार ग्राहक आइनसकेको भृकुटीमण्डपका व्यापारी शंकर पौडेलले  बताउनुभयो । दशैँको मुख्य दिन फूलपातिदेखि शुरू हुने भएकाले त्योबेलासम्म ग्राहकको चहलपहल बढ्ने व्यापारीहरुको विश्वास छ ।

 

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया