पश्चिम नवलपरासीकाे दाउन्नेमा एकतर्फी खुलेको सडक फेरि अवरुद्ध

 असोज १९, २०८१ शनिबार ८:७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – नवलपरासीको दाउन्नेमा भासिएको सडक मर्मत गरेर गएराति एकतर्फी सञ्चालन गरिएको सडक फेरि अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको बर्दघाट–४ खुर्सानी खोला नजिकै सडक भासिएपछि गाडी रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराका अनुसार हिजो बेलुका सडक भासिएको थियो । त्यसपछि मर्मत गरेर मध्यरातमा केही घण्टा सडक सञ्चालन भए पनि आज बिहान फेरि सडक दुईतर्फी बन्द भएको छ । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने/जाने गाडी र यात्रु रोकिएका छन् ।

यसअघि गएको असोज १४ गते पनि खुर्सानी खोला नजिकै सडक भासिएको थियो । देशका अरु ठाउँमा अवरुद्ध भएर सञ्चालनमा आएका सडकमा यतिबेला गाडीको आवतजावत सामान्य छ ।

काठमाण्डौ जोड्ने मुख्य सडक नागढुङ्गा–मुग्लिनसहित यसबीचमा पहिरो पन्छाइएका सबै सडकमा गाडीको आवतजावत सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्गबाहेक देशका अरु सबै राजमार्ग एक, दुई दिनमै सञ्चालनमा आउने दाबी गरेको छ । 

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया