शिक्षकको तलब भत्ता मासिक रूपमा दिने व्यवस्था मिलाउन निर्देशन

 असोज १९, २०८१ शनिबार १३:११:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षकको तलब भत्ता मासिक रूपमा दिने व्यवस्था मिलाउन ७ सय ५३ वटै पालिकालाई निर्देशन दिएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिमा शिक्षकलाई मासिक रूपमा तलब भत्ता भुक्तानी हुने व्यवस्था मिलाइने उल्लेख छ ।

विद्यालयले त्रैमासिकको पहिलो महिनामा तीन महिनाका लागि नियमानुसार आवश्यक तलब भत्ता पालिकामा माग गर्ने र त्यसका आधारमा पालिकाले विद्यालयलाई निकासा दिई विद्यालयले शिक्षकलाई नियमानुसार मासिक रूपमा तलब भत्ता भुक्तानी गर्नुपर्ने कार्यविधिमा भनिएको छ ।

शिक्षक र कर्मचारीको तलब भत्ता बैंकमार्फत् भुक्तानी हुनुपर्छ । तर कार्यविधि अनुसार शिक्षकले मासिक रूपमा तलब पाउन नसकेको गुनासो आएपछि केन्द्रले हालै लिखित रूपमै निर्देशन दिएको हो । कतिपय शिक्षक र कर्मचारीले मुख्य पर्व दशैँ आइसक्दा पनि तलब भत्ता पाउन नसकेको गुनासोसमेत गरेका छन् ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया