अब ढुवानीका लागि गाडी चाहिए एपबाटै 'बुक' गर्न मिल्ने

 असोज १९, २०८१ शनिबार १८:२६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ढुवानीमा प्रयोग हुने गाडीको विस्तृत जानकारी राख्नका लागि 'लोडबोड' एप सञ्चालनमा आएको छ । लोडबोड कम्पनीले एपको शुभारम्भ गरेको हो ।

ढुवानी व्यवस्थापनका लागि कम्पनीले एप निर्माण गरेको कम्पनीका अध्यक्ष श्रीमन कार्कीले बताउनु भयो । एपबाट व्यवसायी, मालवाहक गाडी धनी, चालक, सहचालक तथा सरकारले समेत लाभ लिनसक्ने उहाँको भनाइ छ । ढुवानी व्यवसायीलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउनका लागि एप निर्माण गरेको उहाँले बताउनुभयो ।

एप्लिकेशनबाट ढुवानी व्यवसायसँग आबद्ध व्यक्ति तथा निकायले सबै खालका सूचना प्राप्त गर्नेछन् । एपले मालवाहक गाडीले बहन गरेको लोडको पनि रेकर्ड राख्ने अध्यक्ष कार्कीले बताउनुभयो । गाडीले कुनै चेकपोइन्ट छलेको छ भने पनि त्यसको नोटिफिकेशन दिनेछ ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया