ललितपुरलाई हराउँदै कर्णालीले जित्यो एभरेष्ट महिला भलिबल लिगको उपाधि

 असोज २०, २०८१ आइतबार ६:७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्विसले जितेको छ । हिजो बेलुका त्रिपुरेश्वरको कभर्ड हलमा भएको फाइनल खेलमा कर्णालीले ललितपुर क्वीन्सलाई ३–२ को सेटमा हराउँदै उपाधि जित्यो ।

सुमित्रा रेग्मीको कप्तानीमा रहेको कर्णालीले सुरुवाती दुई सेटमा अग्रता बनाए पनि लगातार दुई सेट गुमाएपछि खेल अन्तिम तथा पाँचौँ सेटमा लम्बिएको थियो । अन्तिम सेटमा १५–१३ ले आफ्नो पक्षमा पार्दै कर्णालीले ट्रफी उचालेको हो ।

त्यसअघि शुरुको दुई सेट कर्णाली २५–१७, २५–२० ले जितेको थियो । सलिना श्रेष्ठ कप्तानीमा रहेको ललितपुरले तेस्रो सेट २५–१२ र चौथो सेट २८–१८ ले जित्यो । कर्णालीले लिग चरणमा पनि ललितपुरलाई हराएको थियो । ललितपुरले हारेको कर्णालीसँग मात्र हो ।

कर्णालीले अपराजित रहँदै उपाधि प्राप्त गर्‍याे। प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गरेकामा शीर्ष दुई टोली फाइनल पुगेका थिए । 

तस्वीर : एभरेस्ट महिला भलिबल लिग

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया