अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गका पीडितले धरौटी पाएनन्

 असोज २०, २०८१ आइतबार १२:३६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गका पीडितको ५३ करोड रुपैयाँ एक वर्ष पुग्दा पनि धरौटी खातामा जम्मा हुन सकेको छैन ।

२०८० साल कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले अरुण तेस्रो प्रवेश मार्गको छुट जग्गाको मुआब्जाबापतको ५३ करोड रुपैयाँ विकासकर्ता कम्पनी सतलज जलविद्युत् निगम (एसएपीडीसी) मार्फत जिल्ला प्रशासन कार्यालयको धरौटी खातामा जम्मा गर्ने निर्णय गरेको थियो ।

खाँदबारी नगरपालिका वडा नम्बर ४ छयाङ्कुटीबाट चिचिला गाउँपालिका–२ दिदिङसम्म साढे २४ किलोमिटर सडकको छुट मुआब्जाको माग गर्दै पीडितले पटक–पटक आन्दोलन गर्दै आएका छन् ।

लगानी बोर्डले गएको कात्तिक २१ गते जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै विकासकर्ता अरुण तेस्रो निर्माणको जिम्मा पाएको एसएपीडीसीमार्फत धरौटी खातामा राख्न निर्देशन दिएको थियो ।

सरकारले गरेको निर्णय कार्यान्वयन नहुँदा पीडित झन् पीडित भएका अरुण तेस्रो प्रवेश मार्ग केन्द्रीय सङ्घर्ष समितिका संयोजक जनीकुमार राईले बताउनुभयो ।

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया