नेपाल र बङ्गलादेशबीचको बिजुली बिक्री सम्झौताले ऊर्जा क्षेत्रमा ठूलो सम्भावनाको ढोका खुल्याे : इप्पान

 असोज २०, २०८१ आइतबार १५:१७:५ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल र बङ्गलादेशबीच भएको ४० मेगावाट बिजुली बिक्री सम्झौताको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले स्वागत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच काठमाण्डाैमा भएको यो सम्झौतालाई इप्पानले ऐतिहासिक सम्झौताको रूपमा लिएको जनाएको छ ।

२०८० साल पुस १९ गते भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता भइसकेको पृष्ठभूमिमा बङ्गलादेशसँग भएको यो सम्झौताले दुई देशबीच सरकार–सरकारसँगै निजी क्षेत्रबीचमा ऊर्जा विकास र विस्तारका लागि सहकार्य, साझेदारी र लगानी आदानप्रदानका लागि बाटो खुलेको इप्पानको ठहर छ ।

बङ्गलादेश सरकारले सन् २०३९ भित्र नेपालबाट ९ हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेको छ भने नेपाल सरकारले आउँदो १० वर्षभित्र ५ हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य राखेको छ ।

यो सम्झौतासँगै अब नेपाल विद्युत् प्राधिकरणले रोकिराखेको विद्युत् खरिद सम्झौता (पीपीए) पूर्णरूपमा खुला हुनुपर्ने इप्पानको माग छ । यसका साथै निजी क्षेत्रलाई बिजुली निर्यातका लागि अनुमतिपत्र दिने, बैंक तथा वित्तीय संस्थाले ऊर्जामा लगानी बढाउने, सरकारले ऊर्जा उत्पादनका लागि थप सहुलियतहरू घोषणा गर्ने तथा ऊर्जा आयोजना निर्माणका लागि अहिले देखिएका नीतिगत, प्रशासनिक तथा प्रक्रियागत समस्याहरूको समाधानका लागि सरकार तत्पर हुनुपर्ने आवश्यकता रहेको इप्पानको भनाइ छ ।

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया