सार्वभौम साख मूल्याङ्कनमा नेपालको सन्तोषजनक नतिजा, दक्षिण एशिय...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – साफ महिला च्याम्पियनशिपका लागि २७ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । ४० खेलाडीसहित प्रारम्भिक चरणको अभ्यास थालेका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले १३ खेलाडीलाई बाहिर पठाएर २७ सदस्यीय टोली घोषणा गरेका हुन् ।
टोलीमा अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सुशीला चौधरी, गीता राणा, अमृता जैसी, समीक्षा घिमिरे, निशा थोकर र पूजा राना छन् । यस्तै विमला विक, हिरा कुमारी भुजेल, प्रतिक चौधरी र सजनी थोकर टोलीमा सहभागी छन् ।
त्यस्तै रेणुका नरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सरस्वती हमाल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, रेखा पौडेल र सावित्रा भण्डारी टोलीमा छन् ।
सातौँ संस्करणको साफ महिला च्याम्पियनशिप दशरथ रङ्गशालामा आउँदो कात्तिक १ देखि १४ गतेसम्म आयोजना हुँदैछ । सहभागी ७ टोली दुई समूहमा विभाजन भएका छन् । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् ।
समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स छन् । प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्ने छन् भने नेपालले आफ्नो पहिलो खेलमा कात्तिक २ गते भुटानसँग खेल्नेछ ।
दोस्रो खेलमा ६ गते माल्दिभ्स र समूहको तेस्रो खेलमा कात्तिक ८ गते श्रीलङ्कासँग खेल्नेछ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल कात्तिक १४ गते हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।