सार्वभौम साख मूल्याङ्कनमा नेपालको सन्तोषजनक नतिजा, दक्षिण एशिय...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – सनथ जयसूर्या श्रीलङ्का पुरुष क्रिकेट टिमको पूर्णकालिक मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । श्रीलङ्का क्रिकेटको कार्यकारी समितिले जयसूर्यालाई पूर्णकालिक भूमिकामा नियुक्त गर्ने निर्णय गरेको हो ।
जयसूर्याको सम्झौता सन् २०२६ मार्च ३१ सम्म कायम रहनेछ । यसअघि श्रीलङ्का क्रिकेटको सल्लाहकारका रूपमा काम गरिसकेका जयसूर्या यस वर्षको शुरूमा श्रीलङ्का टोलीको अन्तरिम मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
उनी अन्तरिम मुख्य प्रशिक्षक हुँदा श्रीलङ्काले भारतसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला जितेको थियो । पहिलो खेल बराबरीमा सकिँदा श्रीलङ्काले त्यसपछिका दुई खेल जित्दै सन् १९९७ पछि पहिलो पटक भारतसँगको द्विपक्षीय शृङ्खला जितेको थियो ।
अब पूर्णकालिक मुख्य प्रशिक्षक बनेका जयसूर्याको नेतृत्वमा श्रीलङ्काले वेस्ट इन्डिजसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय र तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।