काठमाण्डाै उपत्यकाबाट पनि मनसुन बाहिरियाे

 असोज २२, २०८१ मंगलबार १८:८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाै उपत्यकासहित बाग्मती प्रदेशकाे धेरैजसाे भू–भागकाे पश्चिमी भू–भाग र मधेश प्रदेशका पश्चिमी भू-भागको थोरै ठाउँहरूबाट मनसुन बाहिरिएकाे छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सबै भू–भागका साथै काठमाण्डौ उपत्यकासहित मध्य नेपालबाट मनसुन बाहिरिएकाे जानकारी दिएकाे छ ।

अस्ति सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँ तथा लुम्बिनी प्रदेशका केही ठाउँबाट मनसुन बाहिरिएकाे थियाे । मनसुनी वायु कमजोर हुँदै गइरहेकाले अब नेपालका अरू ठाउँबाट पनि मनसुन बिस्तारै बाहिरिने महाशाखाको भनाइ छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया