बाढी पहिरो प्रभावित क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा सहज बन्दै

 असोज २३, २०८१ बुधबार ९:१२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानले अवरुद्ध भएको टेलिफोन र इन्टरनेट सेवा सहज बन्न थालेको छ । खम्बा ढल्ने, तार चुँडिनेलगायत कारणले अवरुद्ध टेलिफोन सेवा मर्मतपछि सहज बन्दै गएको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार काठमाण्डौ उपत्यकासहित धादिङ, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ र पाँचथरलगायतका प्रभावित जिल्लामा केही समय अवरुद्ध भए पनि अहिले सेवा सञ्चालन भइसकेको छ । बिजुली नभएकाले काभ्रेपलाञ्चोक र ललितपुका केही ठाउँमा सञ्चालन हुन बाँकी छ । यी क्षेत्रमा पनि टेलिफोन र इन्टरनेट सेवा तत्कालै सञ्चालनका लागि प्रयास भइरहेको छ ।

टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार बाढी, पहिरो र डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको झन्डै ३० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आँकलन छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीको क्षतिको पूर्ण विवरण अझै नआइसकेको दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया