यस वर्षको नोबेल शान्ति पुरस्कार जापानको निदोन हिदान्क्यो संस्थाले प्राप्त गर्ने

 असोज २५, २०८१ शुक्रबार १८:३८:५३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

यस वर्षको नोबेल शान्ति पुरस्कार जापानको आणविक बम पीडितको संस्था निदोन हिदान्क्योले प्राप्त गर्ने भएको छ । रोयल स्विडिस एकेडेमीले सन् २०२४ को नोबेल शान्ति पुरस्कार हिरोसिमा र नागासाकी विस्फोटमा परी बाँचेका व्यक्तिहरूले चलाएको संस्था  निदोन हिदान्क्योलाई दिने निर्णय गरेको हो ।

सन् १९५६ मा स्थापना भएको संस्थाले विश्वलाई आणविक हतियारमुक्त बनाउने अभियान चलाइरहेको छ । विश्वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न र आफ्नो साक्षात् अनुभवका माध्यमबाट परमाणु हतियार पुनः कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने प्रदर्शन गरेकाले संस्थालाई पुरस्कृत गर्न लागिएको पुरस्कार समितिले जनाएको छ ।

पुरस्कार पाउने संस्था हिदान्क्योले पारमाणविक हतियारले कस्तो असर पुर्‍याउँछ भन्ने कुराको आफूहरू नै साक्षी रहेको बताउँदै आणविक हतियार कहिल्यै प्रयोग गर्न नहुने कुराको वकालत गर्दै आएको छ । झन्डै ८० वर्षअघि जापानको हिरोसिमा र नागासाकीमा अमेरिकी परमाणु बम प्रहार हुँदा दुई लाख जना भन्दा धेरै मारिएका थिए ।

नोबेल विजेताले १ करोड १० लाख स्विडिस क्रोनर र पदक प्राप्त गर्नेछन् । यस वर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कार विजेता घोषणा भइसकेको छ । अर्थशास्त्रतर्फको नोबेल पुरस्कार भने आउँदो सोमवार घोषणा हुनेछ ।
 

अन्तिम अपडेट: असोज २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया