लेबनानमा शान्ति सैनिकमाथि गोली नचलाउन इजरायललाई अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह

 असोज २६, २०८१ शनिबार १२:१५:४० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानमा खटिएका शान्ति सैनिकमाथि गोली नचलाउन इजरायलसँग आग्रह गर्नुभएको छ । लेबनानमा हिजबुल्लाहसँगको लडाइँका क्रममा इजरायलले संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकमाथि गोली चलाएको एक दिनपछि राष्ट्रपति बाइडेनले यस्तो नगर्न आग्रह गर्नुभएको हो ।

पछिल्लो ४८ घण्टामा लेबनानमा संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकमाथि गोली चलाएका दुई घटना भएका छन् । लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) का दुई जना श्रीलङ्काली सैनिक गोलीबारीका क्रममा घाइते भएका छन् । इजरायली सेना (आईडीएफ) ले घटनाको लागि आफ्ना सैनिकहरू जिम्मेवार रहेको बताएको छ ।

इजरायली सेनाका अनुसार नाकुरामा युनिफिलको आधार नजिकै काम गर्ने इजरायली सैनिकले खतराको डरले गोली चलाएका थिए ।  फ्रान्स, इटाली र स्पेन लगायतका देशले यस घटनाको लागि इजरायलको कडा निन्दा गरेका छन् ।  तीन देशले संयुक्त वक्तव्य जारी गर्दै इजरायलको कार्य पूर्ण रूपमा गलत भएको बताएका छन् । श्रीलङ्काको विदेश मन्त्रालयले पनि इजरायली सेनाको कारबाहीको कडा निन्दा गरेको छ ।

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया