इजरायलमा हिजबुल्लाहको ड्रोन आक्रमण : ४ सैनिकको ज्यान गयो, ६० जनाभन्दा धेरै घाइते

 असोज २८, २०८१ सोमबार ८:३२:२० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलमा रहेको सेनाको उत्तरी बेसलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ । आक्रमणमा चार जना सैनिकको ज्यान गएको छ भने ६० जनाभन्दा धेरै घाइते भएका इजरायलको रक्षा बल (आईडीएफ) ले जनाएको छ ।

हाइफाको दक्षिणमा २० माइल अर्थात् ३३ किलोमिटर टाढा रहेको सहर बिन्यामिनाको छेउमा रहेको बेसमा भएको आक्रमणमा सात जना सैनिकहरू गम्भीर घाइते भएका छन् । तेल अभिभ र हाइफाको बिचमा रहेको क्षेत्रमा इजरायली रक्षा बल (आईडीएफ) गोलानी ब्रिगेडको प्रशिक्षण शिविरलाई लक्षित गरिएको थियो ।

हिजबुल्लाहले आक्रमणको जिम्मेवारी लिएको छ । घाइतेमध्ये ३७ जनालाई एम्बुलेन्स वा हेलिकप्टरबाट अस्पतालमा लगिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया