इजरायली सेना पर्खाल भत्काएरै लेबनानको शान्ति सैनिक क्षेत्रमा प्रवेश गर्‍यो

 असोज २८, २०८१ सोमबार १५:५७:४५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायली सेना पर्खाल भत्काएरै लेबनानमा संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (युनिफिल) को क्षेत्रमा प्रवेश गरेको छ । दुई वटा इजरायली ट्याङ्कले दक्षिणी लेबनानमा आफ्नो मुख्य गेट नष्ट गरेर बलपूर्वक प्रवेश गरेको युनिफिलले जनाएको छ ।

यसअघि इजरायली सेनाले गोली चलाउँदा शान्ति मिसनका ५ जना सेना घाइते भएपछि ४० वटा देशले आपत्ति जनाएका थिए । तर आपत्तिलाई बेवास्ता गर्दै इजरायली सेना लेबनानको दक्षिणी क्षेत्रमा घुसेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

हिजो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शान्ति मिसनका सैनिकलाई तुरुन्तै दक्षिणी लेबनानबाट अन्तै सार्न चेतावनी दिनुभएको थियो । शान्ति मिसनमा खटिएका सैनिकले हिजबुल्लाहको रक्षा गरेको इजायलको जिकिर छ ।

युनिफिलका अनुसार यो उल्लङ्घन संयुक्त राष्ट्रसङ्घीय सेना र स्थानहरुविरुद्ध इजरायली उल्लङ्घनको सबैभन्दा ठूलो हिस्सा हो । आज बिहान पनि इजरायली सेनाले पड्काएको बारुदको धुँवाका कारण केही शान्ति सैनिकको उपचार भइरहेको छ ।

यस्तै संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (युनिफिल)ले  इजरायली रक्षा बल (आईडीएफ) का सैनिकहरूले मेस अल–जबलको दक्षिणपूर्वी गाउँ नजिकै आफ्नो खाद्यान्न ढुवानीलाई पनि रोकिदिएको जनाएको छ ।

शान्ति सैनिकमाथि जानबुझेर गरिएको कुनै पनि आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानून र सुरक्षा परिषद्को प्रस्तावको गम्भीर उल्लङ्घन हो । इजरायलले अन्तर्राष्ट्रिय सन्धी उल्लङ्घनले गर्दा अमेरिका र बेलायतले कुनै प्रतिक्रिया दिएका छैनन् ।

फ्रान्स, स्पेन, भारत, चीन लगायतका देशले भने विरोध गरेका छन् । हिजबुल्लाहलाई नष्ट गर्ने भन्दै इजरायली सेनाले दुई हप्तादेखि लेबनानमा ठूला हमला गरिरहेको छ । जसमा ५ हजार जना भन्दा धेरैको ज्यान गएको छ । 

अन्तिम अपडेट: कात्तिक २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया