न्यूजिल्याण्डविरुद्धको दोस्रो टेष्टमा पाकिस्तान एक इनिङ र १६ रनले विजयी

 मंसिर ११, २०७५ मंगलबार २०:३१:४७ | एजेन्सी
unn.prixa.net

न्यूजिल्याण्डविरुद्धको दोस्रो टेष्टमा पाकिस्तान एक इनिङ र १६ रनले विजयी भएको छ । जसमा यासिर शाहले करियरको दोस्रो उत्कृष्ट बलिङ फिगर निकाले । उनले १४ विकेट लिन सफल भए ।

दुबईमा भएको खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले बाबर आजम र हेरिस सोहेलको शतकको मद्धतले पहिलो पारीमा चार सय १८ रन बनायो । बाबरले एक सय २७ र हेरीसले एक सय ४७ रन बनाए ।

जवाफमा न्यूजिल्याण्ड मात्र ९० रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । उसलाई कम स्कोरमा रोक्न यासिर शाहले आठ विकेट लिए ।

फलोअनमा परेपछि दोस्रो पारी सुरु गरेको न्यूजिल्याण्ड दोस्रो पारीमा तीन सय १२ रनमा अलआउट भयो । उसका लागि रस टेलरले ८२ तथा निकोल्सले ७७ रन बनाए पनि टिमलाई हारबाट बचाउन सकेनन् । दोस्रो पारीमा पनि यासिरले ६ विकेट हात पारे ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया