भारतको नयाँ दिल्लीमा आतिशबाजी गर्न नपाइने,वायु प्रदूषण नियन्त्रण हुने विश्वास

 असोज २९, २०८१ मंगलबार ९:३४:२७ | एजेन्सी
unn.prixa.net

भारतले सङ्घीय राजधानी नयाँ दिल्लीमा आतिशबाजी गर्न पूर्ण प्रतिबन्ध गर्ने भएको छ । वायु प्रदूषण नियन्त्रण गर्न भन्दै भारतीय प्रशासनले लगाएको प्रतिबन्ध नजिकिएको दीपावलीमा पटाका पड्काउन यसअघि लगाइएका प्रतिबन्धको श्रृङ्खलामध्येको कडा आदेश हो । दिल्ली प्रदूषण नियन्त्रण समितिले विज्ञप्ति निकालेर सबै प्रकारका पटाका पड्काउन, उत्पादन, भण्डारण र बिक्री गर्न पूर्ण प्रतिबन्ध लगाइने उल्लेख छ ।

समितिले  यो निर्देशन उच्च वायु प्रदूषण नियन्त्रण गर्न सार्वजनिक हितलाई ध्यानमा राख्दै गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । झण्डै ३ करोड जनसङ्ख्या रहेको नयाँ दिल्लीमा यसअघि लगाइएको प्रतिबन्धलाई दिल्लीवासीले बेवास्ता गर्दै आएका छन् ।

प्रशासनले सुरक्षा र वायु प्रदूषण नियन्त्रणलाई ध्यानमा राख्दै यसअघि पनि आतिशबाजीमा रोक लगाउने प्रयास गरेको भए पनि व्यापक रूपमा उल्लङ्घन हुने गरेको छ । तर यस वर्ष दिल्लीका अधिकारीहरूले प्रहरीलाई प्रतिबन्ध लागू गर्न आग्रह गर्दै दैनिक कार्यप्रगति रिपोर्ट पेस गर्न निर्देशन दिएका छन् । यो प्रतिबन्ध यस वर्षको अन्त्यसम्म लागू हुनेछ ।

सन् २०२० मा ल्यान्सेटको रिपोर्टअनुसार वायु प्रदूषणका कारण सन् २०१९ मा दिल्लीमा झण्डे १७ हजार  ५ सय  जनाको ज्यान गएको  थियो ।
 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया