गाजामा र लेबनानमा इजरायली सेनाको आक्रमणमा परेर ५० जनाको ज्यान गयो

 असोज २९, २०८१ मंगलबार १२:१९:१५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायली सेनाले गाजामा गरेको आक्रमणमा २९ जनाको ज्यान गएको छ । गाजामा रहेको एउटा शरणार्थी शिविर नजिक इजरायली सेनाले बिछ्याएको विस्फोटक पदार्थमा परेर उनीहरूको ज्यान गएको बीबीसीले जनाएको छ ।

अहिले चार लाख प्यालेस्टीनी इजरायली सेनाको निशानामा रहेका छन् । शान्ति स्थापनाका लागि खटिएका सुरक्षाकर्मीसमेत आक्रमणमा पर्न थालेका छन् ।

यसैगरी उत्तरी लेबनानमा हिजो भएको इजरायली आक्रमणमा २१ जनाको ज्यान गएको छ । युद्धकै कारण विस्थापितको बसोबास रहेको क्षेत्रमा आक्रमण भएको खबरमा उल्लेख छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाह नाश नभएसम्म निरन्तर आक्रमण गरिरहने बताउँदै आउनुभएको छ । पछिल्लो हप्ता इजरायलको आक्रमण सबैभन्दा धेरै पूर्वको बेक्का उपत्यका र दक्षिणको सीमा क्षेत्रमा भइरहेको छ । यी दुवै ठाउँ हिजबुल्लाहको प्रभाव क्षेत्र मानिन्छ ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया