संयुक्त राष्ट्र सङ्घले दक्षिणी लेबनानबाट आफ्ना शान्ति सैनिकलाई नहटाउने

 असोज २९, २०८१ मंगलबार १५:१२:८ | एजेन्सी
unn.prixa.net

तस्वीर : राेयटर्स

संयुक्त राष्ट्र सङ्घले दक्षिणी लेबनानमा रहेका आफ्ना शान्ति सैनिकहरूलाई नहटाउने बताएको छ । राष्ट्र सङ्घले दक्षिणी लेबनानमा रहेका आफ्ना शान्ति सैनिकहरूलाई उनीहरू रहेका ठाउँबाट अन्यत्र नहटाउने बताउँदै शान्ति सैनिकहरू हटाउन इजरायलले गरेको आह्वानको अवज्ञा गरेको बीबीसीले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घीय शान्ति स्थापना कार्यका प्रमुख जेन–पिएर लेक्रोइन्सले न्युयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै लेबनानमा युनिफिल सैन्यलाई अहिलेकै ठाउँमा कायमै राख्ने निर्णयलाई सुरक्षा परिषद् र सैन्यमा आफ्ना सैनिकहरू पठाउने सदस्य राष्ट्रहरूको पूर्ण समर्थन रहेको बताउनुभएको खबरमा उल्लेख छ ।

आइतवार इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानबाट आफ्ना शान्ति स्थापक सैन्यलाई हटाउन ठाडो चेतावनी दिनुभएको थियो । तर संयुक्त राष्ट्र सङ्घले आफ्ना शान्ति सैनिकहरूलाई नहटाउने बताएको हो ।

इजरायलले इरान समर्थित विद्रोही समूह हिजबुल्लाहविरुद्ध लेबननको भूमिमा गरिरहेको हवाई तथा स्थल आक्रमणका क्रममा केही शान्ति सैनिकहरू पनि घाइते भएका छन् । शान्ति सेनाहरूमाथि भएको आक्रमणको नेपालसहित ३४ वटा देशले निन्दा गरेका छन् ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया